सुनिलबहादुर थापा निर्विरोध निर्वाचित


काठमाडौं, २३ पुष । राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेस र एमाले गठबन्धनका साझा उम्मेदवार सुनिल बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

उनले कोशी प्रदेशबाट खुल्ला कोटामा उम्मेदवारी दिएका थिए । तर, थापाविरुद्ध अरु कसैको मनोनयन दर्ता नभएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।