काठमाडौं, २५ पुष । शाही युवा शक्ति नेपालले देश बचाउनको लागि पनि राजसंस्था फर्काउनुपर्ने बताएको छ । नेपालको राजसंस्था तीन करोड नेपालीहरुको साझा संस्था भएको शाही युवा शक्ति नेपालको ठहर छ । शाही युवा शक्ति, नेपालले यही पुष २७ गते परेको पृथ्वीजयन्ती भव्य रुपमा मनाउन अपिलसमेत गरेको छ । पृथ्वीजयन्तीको अवसरमा राज्यस्तरबाट साताव्यापी कार्यक्रम हुनुपर्ने थियो भन्ने आरवाईपीको सुझाव छ ।
शाही युवा शक्ति नेपालले आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरेर देशलाई राजसंस्थाको खाँचो रहेको औंल्याएको हो । पुष २६ र पुष २७ गते गरेर शाही युवा शक्ति नेपालले भव्य पृथ्वी जयन्ती मनाउने घोषणा गरेको छ । त्यसको लागि भोलिबाट नै बृहत्त मोटरसाईकल र्यालीसमेत निकाल्ने भएको छ ।
अध्यक्ष पशुपति खड्काले आफूहरुलाई यतिवेला राजा ज्ञानेन्द्र शाहको खाँचो भएको बताए । उनले आज राष्ट्रपतीय शासनमा धर्म बेचिएको, युवा बेचिएको, राष्ट्रियता बेचिएको र नागरिकता बेचिएको आरोप लगाए । त्यो सबै रोक्नको लागि पनि राजसंस्था चाहिएको उनको मत छ । नेपालको राष्ट्रनिर्माणतालाई अपमान गर्नेहरु राष्ट्रघाती भएको उनको मत छ । उनले अहिलेको संविधान मरिसकेको र राष्ट्रपतीय शासन पनि मरिसकेको टिप्पणी गरे ।
उनले तेस्रोपटक ज्ञानेन्द्र शाहलाई नारायणहिटीमा राजगद्दीमा पुर्याईछाड्ने बताए । उनले बालेन शाह र रवि लामिछानेलाई कान्छो गणतन्त्रवादी भएको आरोप लगाए । बालेन र रवि लामिछानेहरु भ्रष्टाचारमा डुबेको गणतन्त्रको नालमा डुबेको उनको आरोप छ । उनले प्रत्येक नेपालीहरुको चाहना नै राजा चाहियो भन्ने भएपनि मरेको गणतन्त्र ब्यँुताउने काम भए रवि र बालेनलाई पनि जनताले बहिष्कार गर्नुपर्ने माग गरे ।
उनले काठमाडौंका मेयर बालेन शाहलाई जनताले राजसंस्था बोकिदेलान् कि भनेर भाईरल बनाएको पनि खड्काको दाबी छ । उनको निकास नै निर्मलनिवास नै भएको बताए । उनले शितलनिवासलाई विदेशीहरुको क्रिडास्थल बनेको आरोप लगाए । उनले वर्तमान सरकारलाई संविधानले नचिनेको सरकारलाई राष्ट्रिय एकता दिवसलाई उत्सवको रुपमा मनाउन सुझाव दिए ।
उनले अहिले देशमा जनतामा एकता नभएको भन्दै चिन्ता व्यक्त गरे । पृथ्वीपथको लिगेसीमा अब ज्ञानेन्द्रपथपनि मान्नुपर्ने उनको सुझाव छ । उनले गणतन्त्रको दलदलबाट मुक्त गराउनको लागि पृथ्वीपथको आधारमा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजगद्दी आरोहरण गराउनुपर्ने बताए ।




प्रतिक्रिया