कुलमानले आजबाट सम्हाले उज्यालो नेपाल पार्टीको कमाण्ड, केहीबेरमा पत्रकार सम्मेलन


काठमाडौं, २६ पुष । पूर्व उर्जामन्त्री कुलमान घिसिङले आजबाट उज्यालो नेपाल पार्टीको कमाण्ड सम्हालेका छन् । रवि लामिछाने नेतृत्वको रास्वपासँगको एकता भाँडिएपछि उनी आजबाट उनेपाको अध्यक्षको रुपमा सक्रिय भएका हुन् ।

आज (शनिबार) त्रिपुरेश्वरस्थित् उज्यालोघरमा बसेको केन्द्रीय कमिटीको बैठकले कुलमानलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । कुलमानले आज साँझ ६ बजे विशेष पत्रकार सम्मेलनमार्फत आफ्नो धारणासमेत सार्वजनिक गर्ने तय भएको छ ।

हिजोमात्रै रविसँग भेटवार्ता गरेका कुलमानले रास्वपासँगको एकता भंग भएको ब्रिफ गरेका थिए । उता, रास्वपाको सचिवालय बैठकमार्फत सभापति लामिछानेले उज्यालो नेपाल पार्टीसँगको एकता जोगाउन नसकिएको ब्रिफ गरेका छन् । तर, रविले कुलमानले महत्वकांक्षी माग अघि सारेको भनेका छन् ।