आमाबुबाको आशीर्वाद लिएर विशेष महाधिवेशनमा आउँदै छु : गगन थापा


काठमाडौँ, २७ पुस । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफ्ना आमाबुबाको आशिर्वाद लिएर विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा आउन लागेको बताएका छन् ।

सामाजिक सञ्जालमा आमाबुबाको तस्बिर राख्दै उनले लेखेका छन्, “यहाँहरूको माया अनि आमाबुबाको आशीर्वाद लिएर आउँदै छु ।”

महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको आह्वानमा आजदेखि कांग्रेसको विशेष महाधिवेशन सुरु भएको छ  ।