रास्वपा सहमहामन्त्री विपिन आचार्य प्रत्यक्ष चुनाव लड्ने


काठमाडौं, २७ पुष । रास्वपाका सहमहामन्त्री विपिन आचार्य प्रत्यक्ष निर्वाचन लड्ने भएका छन् । यसअघि समानुपातिकतर्फको बन्दसूचीमा उनको नाम खस आर्य क्लस्टरबाट समावेश भएको थियो । तर, आचार्य स्वयमले अब आफू चुनावी मैदानमा प्रत्यक्षतर्फ अघि बढेको घोषणा गरेका छन् ।

उनले फेशबुकमार्फत आफू प्रत्यक्ष चुनाव लड्ने घोषणा गरेका हुन् । उनले लेखेका छन्-‘पार्टीभित्रको आन्तरिक बेथिति होस वा समग्र राजनीति र देशको बेथिति सफा गर्ने लडाई लड्नका लागि पर्दा पछाडि जति काम गरे पनि एक दिन पर्दा च्यातेर अगाडि आउनै पर्छ। देशले विश्वास गर्ने फेस बन्न जरुरी हुन्छ। ब्याक फुटको लडाई लड्नेहरू धेरैजसो टेकन फर ग्रान्टेड लिइन्छन् त्यसैले अब पालो फ्रन्ट फुटमा खेल्ने। समानुपातिक तर्फको बन्दसूचीको एक नम्बरमा रहेको मेरो नाम छोडेर प्रत्यक्ष तर्फको यात्रा अघि बढाउँदै छु। साथ र सहयोगको अपेक्षा गर्दछु ।’

Skip This

Omoda E5 Pro