काठमाडौं, २७ पुष । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले आफू अन्तिसम्म पनि पार्टीको विधान, भावनात्मक एकताका लागि त्याग र अपमान सहेर पनि अगाडि बढ्ने घोषणा गरेका छन् । पार्टीका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा आजबाट भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन सुरु भएपछि नेता कोइरालाले भिडिओ सन्देश जारी गरेर यस्तो भनेका हुन् । उनले अझैपनि सबै मिलेर एकताको महाधिवेशन गर्न सकिने विचार राखेका छन् ।
उनले सन्देशमा भनेका छन्, ‘हामीले भावी पुस्तालाई फेरि बलिदान र संघर्षको मध्ययुगीन चरणमा पुगेको नेपाल छाडेर जान दिनु हुँदैन, नेपाली कांग्रेसभित्र संगठित प्रयत्नहरू अगाडि आएका छन्, र पार्टीको विधानलाई लोकतान्त्रिक बनाउन शक्ति पृथकीकरणको मौलिक सिद्धान्त प्रयोग गर्ने कोसिस गरिएको छ, जसको श्रेय पुरानो पुस्तालाई जान्छ।’
सो क्रममा उनले आफू एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग लड्नुपरिरहेको र अर्कोतिर ऊर्जावान युवाहरूको असन्तोषको सामना गरिरहेको भनेर गुनासो पोखेका छन् । उनले पार्टी विभाजन नहोस भनेर गम्भीरताका साथ आफ्नो धारणा बाहिर ल्याईसकेको पनि भनेका छन् ।




प्रतिक्रिया