काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले झापा–५ मा चुनाव लड्ने तयारी गरिरहेका छन् । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र रहेको झापा–५ का विषयमा त्यहाँका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग छलफल गरेपछि उनले आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै सबैलाई शुभकामना दिएका छन् ।
उनले लेखेका छन्, “शुभकामना सबैलाई !! हामी आउँदै छौँ !!”
बालेनले यो निर्णय लिनुअघि ललितपुरको ज्वागलस्थित कुमार व्यञ्जनकारको घरमा हिजो करिब दुई घण्टा रास्वपा झापा अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरा लगायतसँग छलफल गरेका छन् । ओली २०४८ साल यता एकपटक मात्रै झापा–५ मा निर्वाचन हारेका छन् । यसपटक ओलीलाई निर्चानमा हराउने रणनीतिसहित लागेका बालेन ओलीको निर्वाचन क्षेत्रबाट उठ्ने तयारीमा लागेका हुन्।
यसअघि रास्वपाले बालेन शाहलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेपछि उनी चुनावी प्रचारका लागि मधेश झर्ने तयारीमा लागेका थिए । स्रोतका अनुसार अव बालेन झापाका विभिन्न विभिन्न स्थानमा पुगेर युवा, किसान र आम नागरिकसँग प्रत्यक्ष संवाद गर्नेछन्। भ्रष्टाचारविरुद्धको एजेन्डा, विकास र सुशासन उनको मुख्य सन्देश रहने जनाइएको छ ।




प्रतिक्रिया