एक्सनमा उत्रिए देउवा : महामन्त्रीद्वय थापा र शर्मा, सहामहामन्त्री मन्सुरलाई ५ वर्ष निलम्बन गर्ने निर्णय


काठमाडौंm ३० पुष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगन कुमार थापालाई ५ वर्ष निलम्बन गर्ने निर्णय गरेको छ।

यस्तै, सहमहामन्त्री फरमुल्ला मन्सुरलाई समेत ५ वर्ष निलम्बन गर्ने निर्णय गरिएको बैठकमा सहभागी केन्द्रीय सदस्य दिनेश कोइरालाले जानकारी दिए ।

महामन्त्रीद्धयले पार्टी विभाजनको रेखा कोरेको भन्दै संस्थापन पक्षले आज बहुमत केन्द्रीय सदस्यहरुको उपस्थितिमा यस्तो निर्णय लिएको हो । आज विहानमात्रै देउवाले पार्टी फुटबाट जोगाउनको लागि अधिकतम प्रयास गरेका थिए । विशेष महाधिवशेन पक्षधर भने उम्मेदवारी दर्ता सकाएर मतदानको प्रक्रियामा पुगिरहेको अवस्था छ ।

सभापतिमा गगन थापाको एकल उम्मेदवारी परेकोले उनी निर्विरोध हुने भएका छन् । यही सन्दर्भमा संस्थापन पक्ष उनीहरुमाथि कारबाहीको पक्षमा निर्मम भएर उभिएको हो ।