काठमाडौं, माघ १ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रभावका कारण आज पनि तराई क्षेत्रका अधिकांश स्थानमा कुहिरो लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने देशका बाँकी भागमा मौसम सफा रहनेछ ।
त्यस्तै, आज राती तराई क्षेत्रका केही स्थानमा कुहिरो लाग्ने छ भने कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली रही देशका बाँकी भागमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस रहेको थियो।




प्रतिक्रिया