काठमाडौं, माघ १ । प्रधानमन्त्री सुशीला कार्कीले मकर सङ्क्रान्ति, माघी तथा माघे सकरातीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले माघ १ गते मनाइने माघी, मकर सङ्क्रान्ति र माघे सकराती नाम फरक भए पनि यसको आत्मा एउटै रहेको उल्लेख गरेकी छन्। उनले यी पर्वहरूले नेपाली समाजमा प्रेम, सद्भाव, सहिष्णुता र एकताको भावना मजबुत बनाउने विश्वास व्यक्त गरेकी छन्।
प्रधानमन्त्री कार्कीले वर्तमान अवस्थामा नेपालीबीच अझ बढी एकता, सद्भाव र आपसी विश्वासको खाँचो रहेको उल्लेख गर्दै यस पर्वले सबैलाई एकताबद्ध भई शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकीछन् ।




प्रतिक्रिया