गाईघाट (उदयपुर), २ माघ । भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ ।
तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले जानकारी दिए ।
नवनिर्मित भवनमा कम्प्युटर र विज्ञान प्रयोगशालाका साथै कार्यशाला आयोजना गर्ने प्रेक्षालय पनि निर्माण गरिएको छ । भवनको हालै आयोजित एक कार्यक्रममा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले उद्घाटन गरे । रासस




प्रतिक्रिया