नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ सिन्धुपाल्चोकमा निर्वाचन लड्न युवा नेता माधव सापकोटा ‘सुबोध’लाई उम्मेदवार बनाएको छ । सिन्धुपाल्चोक-१ कै निवर्तमान सांसद रहेका सापकोटलाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान जितको शुभकामनासहित टिकट दिएका छन् ।
यसअघि नेकपाको क्षेत्र १ नं-क्षेत्रीय समितिको बैठकले निर्वाचनका लागि सापकोटाको एकल नाम सिफारिस गरेको थियो ।सापकोटा २०७९ मा त्यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनी नेकपाभित्र वौद्धिक र तार्किक युवा नेताका रुपमा चिनिन्छन् ।
उक्त क्षेत्रमा २०७४ को निर्वाचनमा पनि तत्कालिन माओवादी केन्द्रले जितेको थियो । उनका काका अग्नि सापकोटाले चुनाव नलड्ने घोषणा गरेसँगै सापकोटा उक्त क्षेत्रमा अब्बल देखिएका छन् ।




प्रतिक्रिया