रास्वपाले आज उम्मेदवारको नाम टुंगाउने, केन्द्रीय समितिको बैठक बस्दै


काठमाडौं, माघ ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ कोे निर्वाचनका लागि उम्मेदवारको नाम टुंगाउन केन्द्रीय समिति बैठक बोलाएको छ। केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकले १६५ निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नाम टुंगो लगाउनेछ। रास्वपाले केन्द्रीय समिति बैठकमार्फत नै उम्मेदवार टुंग्याउने तयारी गरेको छ।  

रास्वपाबाट काठमाडौंका मेयर बालेन्द्र शाह बालेन पनि आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्। यसअघि समानुपातिक टिकटको बन्दसूचीबारे विवाद देखिएपछि कतिपयले नाम फिर्ता लिएका थिए । निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकाले राजनीतिक दल उम्मेदवार चयनमा व्यस्त छन्।