काठमाडौं, ४ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा युवराज दुलाललाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवार बनाएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (आइतबार) दुलाललाई प्रतिनिधिसभा सदस्य उम्मेदवारको टिकट प्रदान गरेका हुन् ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीका स्थानीय दुलाल यसअघि बागमती प्रदेशसभा सदस्य थिए । उनी प्रदेशसभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट २ पटक निर्वाचित र दुवै पटक मन्त्री भएका थिए । यसपटक भने प्रदेश सभा सदस्यबाट राजीनामा दिएर उनी प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनेका हुन् ।
प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयन दर्ता यही माघ ६ गतेका लागि तोकिएको छ ।




प्रतिक्रिया