काठमाडौं, ४ माघ । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएका छन् । नेता श्रेष्ठले आज (आइतबार) राजीनामा दिएको संघीय संसद् सचिवालयले पुष्टि गर्यो ।
राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर नेता श्रेष्ठले प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयन दर्ता यही माघ ६ गतेका लागि तोकिएको छ ।




प्रतिक्रिया