काठमाडौं, ४ माघ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बोलाएको आफूनिकट नेताहरुको भेला जारी रहेको छ । बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा कोइरालानिकट नेताहरुको बैठक जारी रहेको हो ।
नियमित महाधिवेशनको पक्षमा उभिएर शेरबहादुर देउवालाई साथ दिएका नेता कोइरालाले सर्वोच्च अदालतमा रिट दायर गर्ने कुरामा भने साथ दिएनन् ।
उनले देउवा पक्षलाई रिट निवेदन दर्ता गर्ने कुरामा साथ नदिएर आफू पक्षीय नेताहरुसँग निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई आधिकारिकता दिएको बारेमा छलफल गर्न लागेका हुन् ।




प्रतिक्रिया