काठमाडौं, ४ फागुन । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले तत्काल पदबाट राजीनामा नदिने मनस्थिति बनाएका छन् । चुनावको अनिश्चितताको कारण उनले अन्तिम समयमा राजीनामा होल्ड गरेको बताइएको छ । नेपाली कांग्रेसको विवाद सर्वोच्च अदालतमा प्रवेश गरेसँगै मनोनयन दर्ताको समय सर्न सक्ने अनुमान गरिएको छ । सोही कारण पनि बालेनले केही दिन राजीनामा होल्ड गरेका हुन् । मनोनयन दर्ताको समय थप गर्ने विषयमा अहिले निर्वाचन आयोगका पदाधिकारीहरु छलफलमा रहेका छन् ।
नेपाली कांग्रेसको विवाद सर्वोच्च अदालतमा प्रवेश गरेसँगै मनोनयन दर्ताको समय सर्न सक्ने अनुमान गरिएको छ । सोही कारण पनि बालेनले केही दिन राजीनामा होल्ड गरेका हुन् । मनोनयन दर्ताको समय थप गर्ने विषयमा अहिले निर्वाचन आयोगका पदाधिकारीहरु छलफलमा रहेका छन् ।
प्रमुख राजनीतिक दलहरुले पनि मनोनयन दर्ताको समय थप गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । एमाले, नेपाली कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस शेरबहादुर देउवा समूह, रास्वपालगायतका दलले मनोनयन दर्ताको समयसीमा थप गर्न आयोगसँग आग्रह गरेको बताइएको छ ।




प्रतिक्रिया