काठमाडौं, ४ माघ । प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगको टोलीबीच बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री कार्की र आयोगका पदाधिकारीबीच निर्वाचन आचार संहिताबारे छलफल भएको बताइएको छ ।
आज (आइतबार) प्रधानमन्त्री कार्कीले अपरान्ह ४ बजेका लागि बालुवाटारमा बैठक बोलाएकी थिईन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सरोकारवालाबीच विचार–विमर्श गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । तस्बिरः प्रधानमन्त्रीको सचिवालय










प्रतिक्रिया