काठमाडौं, ४ माघ । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले पदबाबट राजीनामा दिएका छन् । मेयर साम्पाङले आज (आइतबार) पदबाट राजीनामा दिएका हुन् ।
साम्पाङले आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारी गरेका छन् ।
साम्पाङ श्रम संस्कृति पार्टीका अध्यक्षसमेत हुन् । उनले आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन जितेर प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नका लागि काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले पनि आज राजीनामा दिएका छन् ।




प्रतिक्रिया