सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो


काठमाडौं, माघ ५। नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ४ हजार २ सय रुपैयाँले बढेर २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन तोलामा २ लाख ७७ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ५ हजार ६२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर ५ हजार ८१० रुपैयाँ कायम भएको महासंघको भनाइ छ । महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ४१ हजार ७७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ९८१ रुपैयाँमा कारोबार भईरहेको छ ।