काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका नेता दिनेश कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउवालाई पार्टीमा सम्मानका साथ अभिभावकीय भूमिकामा राख्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देउवालाइृ अपमानजनक तरिकाले हटाउने काम नहुने बताएका हुन् ।
‘शेरबहादुर देउवालाई अपमानजनक तरिकाले हटाउने कुरा कांग्रेसमा हुँदैन । उहाँलाई सम्मानजनक तरिकाले नै कांग्रेसमा अभिभावकीय भूमिकामा राख्नुपर्छ । उहाँलाई झन कांग्रेसमा सम्मानका साथ अभिभावकीय भूमिकामा राख्नुपर्छ,’– उनले भने ।
नेता कोइरालाले चितवनमा विगत लामो समयदेखि कांग्रेस गठबन्धनको चपेटामा परेको बताए । आफ्नो निर्वाचन क्षेत्र चितवन ३ रहेको बताउँदै उनले उम्मेदवार बन्ने संकेत गरे । यसपटक चितवनको तीनवटै क्षेत्रमा कांग्रेसको उम्मेदवार हुने र आफू तीनवटै क्षेत्रमा पार्टीको उम्मेदवारलाई जिताउन लागिपर्ने उनले बताए ।




प्रतिक्रिया