काठमाडौं, ५ माघ । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले नेतृत्वमाथि असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन लड्न टिकट नपाएका बास्कोटाले पदमा बसेर आफ्नो बद्ख्वाईँ नगर्न भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलक्षित टिप्पणी गरेका छन् ।
आफूले टिकट नपाएको रोष पोख्दै बास्कोटाले भनेका छन्, ‘त्यति मात्र सत्य बोल जति भेट हुदा आँखा जुधाएर कुरा गर्न सकियोस् । जसलाई जे लिनु दिनु छ त्यो गर्नु, तर पदमा बसेर नभएका कुरामा मेरो बद्ख्वाई नगर्नु। म पद लिएर आएको पनि होईन र जाने पनि होईन ।’




प्रतिक्रिया