काठमाडौं, ५ माघ । वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी घोषणा गरेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले एमसीसीको पक्षमा सदनमा कुर्लिने गगन थापाको विरुद्धमा आफूले उम्मेदवारी दिन लागेको बताए । उनले अब मुलुक बचाउने हो भने गगनलाई नभएर आफूलाई भोट दिन पनि उनले काठमाडौं ४ का जनतासँग अपिल गरे ।
‘गगन थापा सदनमा बसेर एमसीसी पास गराउन कुर्लिनुभयो । त्यसैले म गगन थापाको विरुद्धमा उम्मेदवारी दिएको छु । यो एमसीसीवादी विरुद्धको उम्मेदवारी हो । काठमाडौं ४ बाट मैले उम्मेदवारी दिँदैछु,’ उनले भने, ‘काठमाडौं ४ का मतदाताहरुलाई भन्न चाहन्छु– अब तपाईँले मुलुक बचाउन गगन थापालाई हैन, सुरेन्द्र भण्डारीलाई भोट दिनुहोस् ।’




प्रतिक्रिया