काठमाडौं, ५ माघ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संघीय परिषद् अध्यक्ष सुदन किरातीले प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी नदिने बताएका छन् ।
‘म यस घडी तपाईंहरुलाई यो जानकारी गराउन चाहन्छु कि आगामी २१ फागुनको निर्वाचनमा मैले आफ्नो उम्मेदवारी नदिने निर्णय गरेको छु,’– किरातीले सामाजिक सञ्जालमा भनेका छन् ।
राजनीतिक संवाद तथा शुभेच्छुक र जेनजी विद्रोहको मूल मर्मलाई सम्मान गर्दै श्रम संस्कृति पार्टीका उम्मेदवारहरु सुनसरी क्षेत्र नं.१ का हर्कराज राई र भोजपुरका ध्रुव राईलाई प्रलोपाको तर्फबाट सहयोग गर्ने उनले बताए ।




प्रतिक्रिया