गगनले आरजुलाई दिएनन् टिकट


काठमाडौं, ५ माघ । नेपाली कांग्रेसले निवर्तमान केन्द्रीय सदस्य डा.आरजु राणालाई प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार नबनाउने भएको छ । कैलाली क्षेत्र नम्बर ५ बाट डा.राणाको नाम सिफारिस भएको थियो । कांग्रेसले कैलाली ५ मा नरनारायण शाहलाई उम्मेदवार बनाएको छ ।

कांग्रेसले कैलाली ५ बाट शाहसहित डा.राणा, डिल्लीराम पन्त र नृपबहादुर ओड सिफारिस भएका थिए । सभापति गगनकुमार थापाले सबै उम्मेदवारलाई ब्याक राखेर शाहलाई टिकट दिएका हुन् । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोलि (माघ ६ गते) मनोनयन दर्ताको समय तोकिएको छ ।