काठमाडौं, ६ माघ । नेकपा (एमाले) परित्याग गरेका पूर्व सांसद किरणकुमार साहले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उनले रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट पाउने चर्चामा रहेका पूर्व सांसद साहले अन्तिम समयमा नेकपाबाट उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन आयोगले मनोनयन दर्ताको लागि आज (माघ ६ गते) समय तोकेको थियो ।




प्रतिक्रिया