रामेछापबाट नेकपाका उम्मेदवार श्याम श्रेष्ठको मनोनयन दर्ता


काठमाडौं, ६ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार श्याम कुमार श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । नेता श्रेष्ठलाई नेकपाले आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाएको थियो ।

आज (मंगलबार) निर्वाचन कार्यालय पुगेर नेता श्रेष्ठले मनोनयन दर्ता गराएका हुन् । नेता श्रेष्ठ मनोनयन दर्ता गराउन जाने क्रममा पार्टीका नेता, कार्यकर्ता र समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो । नेता श्रेष्ठलाई उनीहरुले बाजागाजासहित स्वागत गरेका थिए ।