काठमाडौं, ७ माघ । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह विहानैदेखि मतदातासँग अन्तरक्रियामा व्यस्त देखिएका छन् ।
उनी विहानैदेखि झापा ५ का मतदाताहरुको घरदैलोमा पुगेका छन् । उनले मतदाताहरुसँगको भेटघाटलाई तीब्रता दिएका छन् । झापा ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिनका लागि शाहले काठमाडौं महानगरपालिका प्रमुखबाट राजीनामा दिएका थिए ।
बालेनलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडि सारेको छ । झापा ५ मा नेकपा (एमाले) बाट पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । झापा ५ मा ओली र बालेनबीच कडा प्रतिस्पर्धा हुने आँकलन रहेको छ ।




प्रतिक्रिया