काठमाडौं, ७ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले निर्वाचन लडेका क्षेत्रहरुको मुहार फेरेको दाबी गरेका छन् । आज (बुधबार) रुकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले उनले भने, ‘मैले जहाँबाट लडेँ, त्यहीँको मुहार फेरेको छु । विरोधीहरूलाई कामबाटै जवाफ दिन्छु,’– प्रचण्डले भने ।
संयोजक प्रचण्डले देशको जटिल राजनीतिक अवस्थालाई निकास दिन आफू पुनः जनयुद्धको आधारभूमि रुकुम फर्किएको बताए । प्रचण्डले आफ्नो उम्मेदवारी संसद् प्रवेशका लागिमात्रै नरहेको बताए । उनले देशलाई नयाँ राजनीतिक दिशा दिन आफूले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिए ।
संयोजक प्रचण्डले अहिले देशभरिको ध्यान आफूमाथि केन्द्रित भएको पनि बताए । उनले आफू रुकुम पूर्व आउनुको कारण यहाँको सुन्दर सहर निर्माण र ग्रामीण सडकको स्तरोन्नति मात्र नर्भएर समग्र देशलाई शान्तिपूर्ण अठोटतिर लैजाने कदम रहेको बताए । तस्बिरः सर्जना कार्की/रुकुम पूर्व




प्रतिक्रिया