काठमाडौं, ९ माघ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आज बस्ने पार्टीको केन्द्रीय समितिले ऐतिहासिक निर्णय गर्ने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आजको बैठकले गर्ने निर्णयले देशभर नयाँ तरंग सिर्जना गर्ने र कांग्रेसप्रति मतदाता आकर्षित हुने बताएका हुन् ।
‘आज बस्ने बैठकले निर्वाचन केन्द्रीत भएर केही ठोस र ऐतिहासिक निर्णय गर्दैछ । यो निर्णयले देशभर नयाँ तरंग सिर्जना गर्नेछ । निर्वाचनमा कांग्रेसप्रति मत आकर्षित गर्नका लागि आजको निर्णय महत्वपूर्ण हुनेछ,’– उनले भने ।
विशेष महाधिवेशनबाट निर्वाचित भएको नेतृत्व पहिलोपटक सानेपा पुगेर केन्द्रीय समिति बैठक बसेको हो । सभापति गगन कुमार थापाले आज पार्टी केन्द्रीय कार्यालय पुगेर पदस्थापना गरेका छन् ।




प्रतिक्रिया