एक्सनमा उत्रिए प्रचण्ड-माधवः हरिबोल गजुरेलसहित ७ जना नेकपाबाट निष्कासित


काठमाडौं, १० माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले हरिबोल गजुरेलसहित ७ जनालाई पार्टीबाट निष्कासन गरेको छ । पाटीैको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका, त्यस्ता उम्मेदवारको प्रस्तावक, समर्थक र प्रचारक बनेकाहरुलाई नेकपाले कारबाही गरेको हो ।

‘आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक, तथा प्रचारक बनेका व्यक्तिलाई पार्टीको विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्काशन गरिएको जानकारी गराइन्छ,’– पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालद्वारा जारी पत्रमा भनिएको छ ।

नेकपाबाट निष्काशनमा पर्नेहरुमा गजुरेलसहित महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह (सिरहा), राजकुमारी साह (सिरहा) र जिवछ साह (सिरहा) रहेका छन् । नेता गजुरेल नेकपाबाट बागी उम्मेदवार उठेका महेश्वर दाहालको प्रस्ताव हुन् ।