मेटमणिविरुद्ध बागी उम्मेदवारी दिएका कुलप्रसाद पार्टीबाट निष्कासित


काठमाडौं, १० माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले बागी उम्मेदवारी दिएका कुलप्रसाद केसीलाई पार्टीबाट निष्कासित गरेको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपालले केसीसहित ७ जनालाई पार्टीबाट निष्काशित गरेका हुन् ।

दाङको क्षेत्र नम्बर १ बाट केसीले बागी उम्मेदवारी दिएका थिए । केसी नेकपाका सिनियर नेता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत हुन् ।

नेकपाले सो क्षेत्रमा मेटमणि चौधरीलाई आधिकारिक उम्मेदवार बनाएको थियो । बागी उम्मेदवारी दिएका केसीलाई उम्मेदवारी फिर्ता लिनका लागि प्रचण्ड–माधवले लिखित निर्देशनसमेत दिएका थिए । लिखित निर्देशन नमानेर पार्टीको आधिकारिक निर्णयविपरीतका गतिविधि गरेको भन्दै नेकपाले उनलाई कारबाही गरेको हो ।