निष्कासनमा परेपछि हरिबोलको प्रतिक्रियाः नेकपाभन्दा अर्को राम्रो कम्युनिष्ट पार्टी भइदिएको भए प्रचण्डसँग एक दिन पनि बस्दैन थिएँ


काठमाडौं, १० माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले हरिबोल गजुरेलसहित ७ जना नेतालाई निष्काशन गरेको छ । निष्कासनमा परेका नेता गजुरेलले आफूहरुको कारबाही गलत रहेको बताए । उनले नेकपाभन्दा अर्को कुनै राम्रो कम्युनिष्ट पार्टी नरहेको पनि बताए । नेकपाभन्दा अर्को कुनै राम्रो कम्युनिष्ट पार्टी नभएकै कारण यहाँ बसिरहन परेको उनले बताए ।

‘अर्को पार्टी, गतिलो पार्टी कुनै पनि छैन अहिले भएका कम्युनिष्ट पार्टीहरुमध्ये । यो पार्टीभन्दा गतिलो भए त यहाँ एकदिन पनि बसिने थिएन । किरणको, सिपी गजुरेल, विप्लव, बादल, बाबुरामको हालत के छ ? तपाईँले देखिरहनुभएको छ । यो हामीले कमाएको सम्पत्ति हो, जनताको रगत पसिनाले बनेको पार्टी हो । यो पार्टीमा रहेर नै संघर्ष गरिन्छ, प्रतिवाद गरिन्छ । यसको कडा प्रतिवाद म गर्छु,’– उनले भने ।

कारबाहीमा परे पनि नेकपा छाडेर अन्य पार्टीमा नजाने उनले बताए । पार्टीभित्रै रहेर संघर्ष गर्ने र निष्कासनको कडा प्रतिवाद गर्ने उनले बताए । ‘पार्टी छोडेर त कदापि गइँदैन । अर्को पार्टी बनाउने कुरा पनि होइन । पार्टीभित्रै रहेर संघर्ष गर्ने हो,’– उनले भने ।