शेयर कारोबारी अग्रवालसहित दुई हजार एक सय जना एमाले प्रवेश, ओलीले गरे स्वागत


काठमाडौँ, १० माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवालसहित दुई हजार १ सय जना नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई खादा र टीका लगाएर पार्टी प्रवेश गराए ।

त्यस अवसरमा धितोपत्र व्यवसायी अग्रवाल, युवा व्यवसायीहरु सुरेन्द्र शाही, खगेन्द्र थापा, पदम साउद, अशोक साउदसहितका नवप्रवेशीहरुले ‘शेयर बजारको विकास र विस्तारका लागि एउटै मञ्चबाट सम्बोधन’ को सन्देश दिएको बताए ।