गगन भोलि सर्लाही झर्ने


काठमाडौं, ११ माघ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा भोलि (सोमबार) सर्लाही झर्ने भएका छन् । यसअघि तीन पटक काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका गगनले २०८२ को निर्वाचनका लागि भने सर्लाही क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गराएका छन् ।

सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेस पृष्ठभूमिका उम्मेदवार डा.अमरेश कुमार सिंहलाई उम्मेदवार बनाएको छ । सर्लाही ४ मा गगन र अमरेशबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । निर्वाचन क्षेत्रलक्षित कार्यक्रम लिएर गगन भोलि सर्लाही झर्न लागेको उनको सचिवालयले जनाएको छ ।