काठमाडौं, ११ माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका नेताहरु रवि लामिछाने, बालेन्द्र शाहलगायतका नेताहरुलक्षित गर्दै उनले नेपाली जनता यो बेलामा कसैको लहैलहैमा लाग्न नहुने बताए । उनले रवि, बालेनलगायतलाई ‘फटाहा, देशी विदेशी नेपाली जनताका शत्रुहरुको एजेण्ट’ को संज्ञा दिए । हिटलरलाई जिताउँदाखेरी जर्मनका जनताले देश नै टुक्रेको दशा देख्नुपरेको उनले स्मरण गराए ।
‘वैकल्पिक शक्तिबाटै झन खतरा छ । थाहा भइसक्यो नि हामीलाई । नयाँ जोगीले धेरै खरानी घसेका छन्, तिनीबाट देशको राष्ट्रियता, सार्वभौमता र अखण्डताबारे उनीहरुको आइरहेको छ नि,’ उनले भने, ‘…..भोलि नेपाली जनताले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउँछ । त्यसकारणले अहिले के ठीक हो, के बेठिक हो भन्ने कुरा विचार गरेर मतदान गर्नुपर्छ ।’




प्रतिक्रिया