मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


सिन्धुली, १४ माघ । दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार दुधौली नगरपालिका–१० का ३० वर्षीय यज्ञबहादुर सुनुवारको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजको नगर अस्पत्ताल सिर्थौली लाने क्रममा बाटोमा मृत्यु भएको हो । रासस