काठमाडौं, माघ १६ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले राणा शासनविरुद्ध संघर्ष गर्ने सहिदको बलिदानको ८५ वर्षमा पटक(पटक व्यवस्था फेरिएपनि सत्ताको चरित्र नफेरिएको टिप्पणी गरेका छन् ।
शहीद दिवसका अवसरमा आज सामाजिक सञ्जालमा लेख्दै उनले गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष पूरा भएको स्मरण गर्दै सहिदको बलिदानको करिब एक दशकपछि राणा शासनको अन्त्य भए पनि राज्यको चरित्र नफेरिएको जनाएका छन् ।
‘८५ वर्षमा पटक–पटक व्यवस्था फेरियो, तर सत्ताको चरित्र फेरिएन,’ उनले लेखेका छन्, ‘नेपाली जनताले निरन्तर संघर्ष गर्नुप¥यो, पटक–पटक जनता शहीद भए, तर शहीदका सपना अझै पूरा हुन सकेनन्।’
उनले पछिल्ला दिनमा भएको भदौको ‘जेनजी आन्दोलन’को प्रसंग उठाउँदै सुशासन र भ्रष्टाचार अन्त्यको माग राख्दै शान्तिपूर्ण आन्दोलनमा सहभागी युवा तथा विद्यार्थीको बलिदान कदर गर्न र शहीदका सपना पूरा गर्ने दिशामा अघि बढ्ने जनाएका छन् ।
भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नुपर्ने दायित्व वर्तमान पुस्ताको काँधमा रहेको जनाउँदै उनले लामो समयदेखि जरा गाडेको भ्रष्टाचार अन्त्य गरी नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउन, राज्यका निकायमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनु अपरिहार्य रहेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन् ।




प्रतिक्रिया