काठमाडौं, माघ १६ । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको धुमाउनेमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।दाङबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०४६६० नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकमै पल्टिएको हो ।
प्रहरीले दुर्घटनामा घाइते यात्रुहरूलाई उपचारका लागि भरतपुर तथा मुग्लिनका विभिन्न अस्पतालमा पठाएको छ । घाइतेहरुको मौलाकालिका अस्पताल, पुरानो मेडिकल कलेज, नयाँ मेडिकल कलेज र जनता केयर अस्पताल मुग्लिनमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।




प्रतिक्रिया