साफ यु-१९ महिला च्याम्पियनसिप : उद्धाटन खेलमा आज नेपाल र भारत भिड्दै


काठमाडौं, माघ १७ । दक्षिण एसियाली खेलकुद महासङ्घ (साफ) यु–१९ महिला च्याम्पियनसिपको उद्धाटन खेलमा आज नेपाल र भारत भिड्दैछन् । पोखरा रंगशालामा आज दिउँसो ३ बजे शुरू हुने खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगिताको शुरुवात गर्ने लक्ष्य साथ मैदान उत्रिनेछन् ।

साफको समन्वय तथा एन्फाको आयोजनामा हुने ‘राउण्ड रोबिन लिग’ प्रणाली अन्तर्रगतको प्रतियोगिता प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्नेछन् । शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।