बालेनलक्षित ओलीको टिप्पणी : यिनीहरुलाई कसले चलाएको हुन केही थाहा छैन, आकाशे खेती हुन्


काठमाडौं, १७ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बालेन शाहलाई लक्ष्य गरेर आकाशे खेतीको संज्ञा दिएका छन् । आज (शनिबार) ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले बालेन शाहरुसँग कुनै विचार नभएको र भोलि उठी कहाँ जाने केही टुँगो नभएको बताए ।

उनले भने,‘यी बतासे अण्डा हुन्, बतासे अण्डाबाट चल्ला निस्किँदैन् । यी बतासका खेती गरिरहेका छन्, यिनीहरुसँग संगठन छैन । उद्देश्य छैन । विचार छैन । भोलि उठी कहाँ जाने केही थाहा छैन, पुल्ठो झोस्न र आगो लगाउन जानेको छ, देश बिर्गान जानेको छ, भड्काउन र तोडफोड गर्न जानेको छ, आगजनी गर्न जानेको छ, यस्ता कुरालाई क्रान्ति भनेर महिमामण्डन गरेको छ । अरुमाथि विभिन्न प्रकारको आरोपहरु लगाएको छ । यी आकाशे खेती हुन् । धर्तीमा यिनीहरु जनतासँग पुगेको छैनन् । कहाँबाट कसले खेलाएका हुन्, त्यो पनि थाहा छैन। कसले चलाएका हुन् थाहा छैन । एउटा ह्वीम चलाईदिएको छ, एउटा मोवाईल भन्ने भाँडबोबाट हुँडलो मच्चाईएको छ । हामी जनताको साथमा छौं । जनताको लागि काम गर्छौं ।’