राष्ट्रिय सभाको बैठकमा दुई प्रतिवेदन पेस


काठमाडौँ, १९ माघ । राष्ट्रियसभाको आजको बैठकमा दुई वटा प्रतिवेदन पेस भएको छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन २०८२’ लाई सभामा पेस गरेका हुन् ।

प्रतिवेदन पेश गर्दै अध्यागमन व्यवस्थापनसम्बन्धी विधेयकबारे शर्माले राष्ट्रियसभाका अध्यक्ष समक्ष प्रष्ट पारेका थिए । साथै, बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्तावसमेत सभासमक्ष प्रस्तुत गरेका छन् । रासस