काठमाडौं, माघ २० । मोरङको रंगेलीमा एक युवकले श्रीमतीको हत्या गरेका छन् । रंगेली–५ बहुवन निवासी २१ वर्षीय मुकेशकुमार मण्डलले गएराति ससुराली घरमा पुगेर श्रीमती अम्बिकाकुमारी मण्डलको हत्या गरेका हुन् ।
श्रीमतीको अत्या पश्चात उनले आफूले पनि आत्महत्या गरेका प्रहरीले जनाएको छ । मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेका अनुसार सोमबार बेलुका धनपट्टीस्थित ससुराली पुगेका मुकेशले मंगलबार बिहान करिब २ बजेतिर बीभत्स घटना घटाएका हुन् । श्रीमान–श्रीमतीबीच भएको सामान्य घरेलु विवादले उग्र रूप लिँदा मुकेशले चक्कु प्रहार गरी २१ वर्षीया अम्बिकाको हत्या गरेका प्रहरीको प्रारम्भीक अनुसनधानबाट खुलेको छ ।
चक्कुको गहिरो चोटका कारण अम्बिकाको घटनास्थलमै मृत्यु भएको थियो । पत्नीको मृत्यु भएलगत्तै मुकेशले सोही चक्कुले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । पारिवारिक विवादको वास्तविक कारण र घटनाको अन्य पृष्ठभूमिबारे प्रहरीले अहिले विस्तृत रूपमा अनुसन्धान अगाडि बढाएको छ।




प्रतिक्रिया