नेरुडे मिर्मिरे लघुवित्तमा अवरोध, व्यवस्थापकले सेवा नियमित राख्दै बन्द शाखा खोल्ने योजना सार्वजनिक” .


बनेपा, माघ २१ — नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालयमा करिब २०–२५ जना कर्मचारी ले युनियनको नाममा अवरोध सिर्जना गरेका छन्। तर करिब ११ सय हाराहारी कर्मचारीले आफ्नो काम नियमितरूपमा निरन्तरता दिएका छन्।

संस्थाका व्यवस्थापकहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि अवरोधले Headoffice सँग सम्बन्धित केही काममा अस्थायी असर गरेको भए पनि अधिकांश सेवाहरू प्रभावित नभएका छैनन् । साथै, बन्द भएका शाखा खोल्दै सेवा निरन्तरता सुनिश्चित गर्ने योजना अघि बढाइने उल्लेख गरिएको छ।

विज्ञप्तिमामार्फत अवरोध सिर्जना गर्ने कर्मचारीमाथि कानुनी र आन्तरिक कारबाही आवश्यक रहेको र NRB र नियामक निकायलाई जानकारी गराइसकेको जनाइएको छ। व्यवस्थापकहरूले सबै कर्मचारीलाई नियमित काममा फर्कन र संवादमार्फत समस्या समाधान गर्न अपिल गर्दै “संस्था बचाउने अभियान सबैको साझा जिम्मेवारी हो” भन्ने सन्देश दिएका छन्।