काठमाडौँ, २२ माघ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको प्रगतिबारे जानकारी लिएकी छिन् । प्रधानमन्त्री कार्कीले आज जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा अवलोकन निरीक्षण गरी मतपत्र छपाइबारे जानकारी लिएकी हुन् ।
सो क्रममा प्रधानमन्त्री कार्कीले फागुन २१ गते नै एकै पटक चुनाव हुने बताएकी छिन् । उनले भनिन्, ‘हामीले मतपत्र हेरेपछि लाग्यो अब निर्वाचन आयो । अब जनताले छाप लगाउन मात्रै बाँकी छ। निश्चिन्त मान्नुस्। चुनाव आयो फरक पर्दैन, एक दिनमा हुन्छ। दुई चोटि कहीँ हुनेवाला छैन ।’ २१ फागुनको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आँतुर रहेको उनको प्रतिक्रिया थियो ।
गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित निर्वाचन आयोगका पदाधिकारी पनि साथमा थिए ।





प्रतिक्रिया