काठमाडौं, माघ २५ । चर्चित अभिनेता सुनिल थापाको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आइतबार बिहान गरिएको पोस्टमार्टमअनुसार उनको मृत्यु हृदयघातका कारण भएको पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ।
स्रोतका अनुसार मुटुको नसा ब्लक भएपछि हृदयघात भएको र त्यसकै कारण थापाको निधन भएको देखिएको छ। पोस्टमार्टम प्रक्रिया सम्पन्न भएपछि उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको छ । उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।




प्रतिक्रिया