टी–२० विश्वकप : इंग्ल्याण्डविरुद्ध नेपाललाई चौथो सफलता


काठमाडौं, २५ माघ । भारतको मुम्बईमा जारी टि–२० विश्वकपअन्तर्गत इंग्ल्यान्डविरुद्धको खेलमा नेपाललाई चौंथो सफलता मिलेको छ । अहिले १४ ओभरमा खेल चलिरहेको छ । नेपालको लागि चौथो विकेट उपकप्तान दिपेन्द्र सिंह ऐरीले लिएका हुन् । ऐरीले इंग्ल्याण्डका जेकब बेथेललाई १३.४ ओभरमा लोकेश बमबाट क्याच आउट गरेका हुन्। जेकबले ३५ बलमा ५५ रन बनाएका छन् ।