देउवा कांग्रेसको कुनै पनि चुनावी सभामा सहभागी नहुने


काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको कुनै पनि चुनावी सभामा सहभागी नहुने भएका छन् । देउवाको सचिवालयले जानकारी गराएअनुसार उनी चुनावी सभा वा अन्य कुनै पनि कार्यक्रममा जाने तयारी छैन ।

चुनावी अभियानमा निस्कनेबारेमा विभिन्न समाचारहरु बाहिरिएपछि देउवाको सचिवालयले आधिकारिक जानकारी गराएको हो । विशेष महाधिवेशनबाट कांग्रेसले नेतृत्व परिवर्तन भएपछि देउवा पार्टीको कुनै पनि गतिविधिमा संलग्न छैनन् ।

विशेष महाधिवेशनको आधिकारिकतामाथि प्रश्न उठाउँदै देउवा पक्षले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेको छ । उक्त रिट हाल विचाराधीन अवस्थामा रहेको छ ।