यी तीन प्रदेशमा आज दिउँसोदेखि वर्षा र हिमपात हुने


काठमाडौं, माघ २६ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साेमबार बिहान तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागिरहेकाे हाे। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भने आंशिक बादल लागेको छ। साथै बाँकी भू-भागमा भने मौसम मूख्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।

त्यस्तै, सोमबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएका कारण जनजीवन कष्टकर हुने भएकाे छ। सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्ने भएकाे हाे। बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी-हिमाली भू-भागको केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।

त्यस्तै, साेमबार राति भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु लाग्ने भएकाे छ। कोशी, गण्डकी, कर्णाली प्रदेशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्ने भएकाे हाे । साथै बाँकी भू-भागमा भने आंशिक बादल लाग्ने भएकाे छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी-हिमाली भू-भागको केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।