ढाका, २७माघ । आगामी निर्वाचनमा न्यायसँगत राजनीतिक प्रतिनिधित्वको माग गर्दै बङ्गलादेशी महिलाहरूले सोमबार ढाकाको सडकमा प्रदर्शन गरेका छन् ।
आसन्न चुनावमा मतदानको लागि मार्ग प्रशस्त गर्ने सन् २०२४ को विद्रोहको नेतृत्व गर्न ठुलो भुमिका खेलेता पनि, महिलाहरू बङ्गलादेशको राजनीतिक क्षेत्रबाट धेरै हदसम्म बहिष्कृत भएको उनीहरुले जनाका छन् ।
हाल चार प्रतिशत भन्दा कम महिला उम्मेद्वारहरू चुनावी प्रक्रियामा छन् भने ३० वटा दलहरूले पुरुष उम्मेद्वारलाई मात्र टिकट दिएका छन् ।
प्रदर्शन धार्मिक र राजनीतिक र्यालीहरूमा महिलाहरूलाई लक्षित गर्ने बढ्दो प्रवृतिले उनीहरूलाई सार्वजनिक जीवनबाट बञ्चित गराउने प्रयासको पृष्ठ भूमिमा यो प्रदर्शन भएको बताइएको छ ।
शेख हसिनाको निरंकुश सरकार अपदस्थ भएपछि आगामी फेब्रुअरी– १२ को मतदान पहिलो निर्वाचन हुनेछ ।
जन विद्रोहको आकांक्षा न्याय र समानतामा आधारित देश निर्माण गर्ने रहेको उल्लेख गर्दै महिलाहरू बिस्तारै सार्वजनिक क्षेत्रबाट हटाइरहेको प्रदर्शनकारीरुले दुखेसो गरेका छन् ।
यद्देपी बङ्गलादेश लामो समय देखि शक्तिशाली महिलाहरूद्वारा नेतृत्व गरिएको देश हो जसमा हसिना र उनको प्रतिद्वन्द्वी, स्वर्गीय प्रधानमन्त्री खालिदा जियाको उल्लेख्य भुमिका देखिन्छ ।
बङ्गलादेशको सबैभन्दा ठुलो इस्लामवादी राजनीतिक दल, जमात–ए–इस्लामीले कुनै पनि महिला उम्मेद्वारलाई मैदानमा नउतारि राजनीतिमा महिलाहरूका लागि समाज तयार नभएको सुझाव दिएका छन् ।




प्रतिक्रिया